नियम
पुरस्कारमा हेरफेर गर्नु परेमा सूचना गर्ने
ऐनको दफा ४ बमोजिम चिठ्ठाको पुरस्कारमा हेरफेर गर्नु परेमा चिठ्ठाको बिक्री बन्द भएको ७ दिनभित्र बन्द भएको मिति सम्ममा बिक्री भएको र बिक्री हुन बाँकी चिठ्ठाको लगत
तथा चिठ्ठा बिक्री भएको दामासाहीले पाउने पुरस्कारको परिमाण समेत खोली चिठ्ठा खोल्नु अगावै चिठ्ठा खोल्न चाहने व्यक्ति वा संस्थाले त्यसको सूचना स्थानीय प्रमुख जिल्ला अधिकारी समक्ष दिनु पर्नेछ ।